वडा भवन उद्घाटनको शिलामा उपमेयरले आफ्नो नाम नदेखेपछि… ढुङ्गा हानिन

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर ७, ५ र १२ ले आफ्नै वडा भवन निर्माण सम्पन्न गरको छ ।

वडा नं ७ को भवन उद्घाटनका क्रममा आज नगर प्रमुख ममता प्रसाद चौधरी र उप प्रमुख प्रेमकुमारी थापाको विवाद सृजना भएको छ । मेयर चौधरीले वडाको भवन उद्घाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् । उप प्रमुख थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै ढुङ्गा हान्न पुगेकी हुन् ।

उपमेयर थापाले मेयरविरुद्ध नाराबाजी समेत गरिन् । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ भन्दै उनले नारा लगाइन् ।

कार्यक्रममा सहभागीहरुले बारम्बार सम्झाउदा पनि उपप्रमुख थापा आक्रोसित हुदै नगर प्रमुख बिरुद्ध नाराबाजी गर्दै तत्काल सिलालेख हटाइ आफ्नो नाम समावेश गर्न माग गरेकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =