आउँदो चुनावमा कांग्रेसलाई ‘हाप’ र एमालेलाई ‘पत्तासाफ’ पार्छौं: अखिल उपाध्यक्ष पुन

काठमाडौं । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले आगामी चुनावमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने दाबी गरेका गरेका छन ।

अखिल (क्रान्तिकारी) तनहुँको २२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले नेपालको परिवर्तन सबै माओवादीको एजेण्डामा भएको र चलेको तर राज्य सत्ता चलाउने विभिन्न ठाउँमा हिजोको परिवर्तनका एजेण्डा विरोधी बसेको बताए।

उनले अब राज्यसत्ताको नेतृत्व आफैँ गर्न आउँदो चुनावमा कांग्रेसलाई हाप र एमालेलाई पत्तासाफ पार्नेगरी अगाडि बढ्ने बताए। सम्मेलनले मिलन महतको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी निर्माण गरेको छ।

अखिल (क्रान्तिकारी) ले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = sixteen