चडपर्व नजिकिए संगै राष्ट्र बैंकले बाँड्न थाल्यो नयाँ नोट !

काठमाडौं । कोरोना महामारिको जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि अहिलेदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराएको छ ।

आगामी दसैं सुरु हुने घटस्थापनाको दिनभन्दा करिब एक महनिा अघि गत सातादेखि नै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई दसैंको नयाँ नोट उपलब्ध गराउन थालेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमबाट बच्न र एकैपटक हुने भिडभाडको डरले राष्ट्र बैंकले यसपाली दसैं लाग्नुभन्दा करिब एक महिना अघिदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई दसैंको नयाँ नोट उपलब्ध गराएको हो ।

यसअघि राष्ट्र बैंकले घटस्थापनाको दिनबाट सुरु हुने नौरथा लागेपछि मात्र नयाँ नोट उपलब्ध गराउँदै आएको थियो । कोरोना महामारीकै कारण गत वर्षको दसैंमा त नयाँ नोट नसाट्ने व्यवस्थासहितको निर्णय राष्ट्र बैंकले गरेको थियो । यसपालि भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन थालेको जनाएको छ ।

जसका कारण अहिलेदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्थाले दसैंका लागि नयाँ नोट मौज्दात गरेर राखेका छन् । सर्वसाधारणका लागि औपचारिक वितरण भने आगामी २१ असोजमा पर्ने घटस्थापनाको दिनदेखि गर्ने छन् । यद्यपि, माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि नयाँ नोट उपलब्ध गराइरहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसपालि अधिकांश नोट नयाँ नै वितरण गरिदिएको छ । विगतका वर्षहरूमा सुकिलो ९एक÷दुईपटक प्रयोग भएको० नोट पनि वितरण गरेको थियो । यसपालिको दसैंका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरूको एउटा शाखालाई कम्तीमा ५ करोड रुपैयाँ बराबरका दरले नयाँ नोट उपलब्ध गराएको बताएको छ । यसैगरी, विकास बैंकहरूलाई ४ करोड र फाइनान्सलाई २ करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस:

एनआरएनएको निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र
दसैंका बेला एक्कासि बढ्ने भिड र कोरोना संक्रमणका कारण यसपालि बेलैमा नयाँ नोट उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ । हाल संक्रमणदर कम भयो भनेर सरकारले निषेधाज्ञा हटाए पनि कोरोना संक्रमण हुने जोखिम कायमै छ ।

यस्तो अवस्थामा राष्ट्र बैंकले वितरण गर्ने र बैंकहरूले साट्ने समय उस्तै उस्तै पर्छ भनेर यसपालि बेलैमा व्यवस्थापन गरिएको हो । यसपालि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाटै नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यसअघि राष्ट्र बैंकको थापाथलीस्थित आफ्नो कार्यालयका साथै देशभरका क्षेत्रीय कार्यालयबाट पनि दसैंका नयाँ नोट सटही गर्ने गर्दथ्यो । अब भने बैंक तथा वित्तीय संस्थाबाटै सहज रूपमा नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसपालिको दसैंका लागि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराएको हो । आगामी दसैंका लागि अब बैंकहरूले प्रतिग्राहक एकपटकमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराउन सक्ने पनि राष्ट्र बैंकले सम्बन्धित सरोकारवालालाई जानकारी गराएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty three ÷ = eleven