फेरि चर्चामा मेयर रेनु दाहाल ! चिनबाट मगाईन १ करोड ७१ लाख मुल्य बराबरको महत्वपुर्ण स्वास्थ्य समाग्री

चितवन । चिनको सिगात्से सहरले भरतपुर महानगरलाई १ करोड ७१ लाख मुल्य बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको छ ।

नेपालमा कृषिका क्षेत्रमा लगानी गरिरहेका चिनियाँ ब्यवसायी नेपालीनाम कुबेर श्रेष्ठ (चाङं) को पहलमा भरतपुर महानगरपालिकालाई सिगात्से सहरको १ करोढ १३ लाख र बाइयाचेंग कृषि खेति उत्पादन प्रसोधन कम्पनिको ६० लाख गरी १ करोड ७३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान भएको हो ।

चाङंले यो स्वास्थ्य सामाग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरे । यसमा अक्सिजन कन्सन्टेटर २० वटा , अक्सिजन सिलिन्डर २०० वटा,फेस मास्क सर्जिकलर र एन ९५ गरि ५० हजार , ईसिजी मेशिन ५ वटा,पिपिई सेट २७००,सर्जिकल ग्लोबस १० हजार रहेको उनले बताए ।

भरतपुर महानगरमा आफुले उद्योग सन्चालन गरि कृषिमा काम गरेको बताउदै उनले आफुलाई भरतपुर महानगर र जनताको धेरै माया लाग्ने गरेको सुनाए । महानगरलाई यो सहयोग हस्तान्तरण गर्न पाउदा खुसि लागेको बताए ।

सो अबसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले यस अघि ४ पटक कोरोना भाइरस संग सम्बन्धित स्वास्थ्य सामाग्री चिनका बिभिन्न सहरबाट सहयोग भएको बताईन् ।

बिगतमा कोभिड अस्पताल, आईसोलेसन सेन्टर र अन्य स्वास्थ्य कार्यालयहरमा पनि चिनबाट प्राप्त स्वास्थ्य सामाग्रीले धेरै सहयोग पुगेको उनको भनाई छ । यस पटक अहिले सम्मकै सबै भन्दा धेरै मुल्यको महत्वपुर्ण स्वास्थ्य सामाग्री प्राप्त भएको उनी बताउछिन् ।

नेपालमा कृषिमा उद्यम गरिरहेका चिनियाँ उद्यमी चाङको पहलमा महानगरका लागी एती धेरै स्वास्थ्य सामाग्री पाप्त भएको भन्दै उनले धन्यबाद समेत ब्यक्त गरिन । महानगरलाई चिन सरकार त्यहाका जनता र स्थानिय सरकारबाट बिगतमा पनि सहयोग भएको भन्दै दाहालले त्यही सहयोगका कारण महानगरले स्वास्थ्य सामाग्रीमा धेरै पैसा खर्चो गर्न नपरेको समेत बताईन् ।

महानगरको टोली यस अघि चिन भ्रमण गरेको र सि पिङ सहरसंग भगिनी सम्बन्ध पनि बिस्तार गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two ÷ = 41