अबको चुनावपछि प्रचण्ड कार्यकारी राष्ट्रपति पक्का !

काठमान्डौं । सत्तारुढ नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुले सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी राष्ट्रपति हुने दाबी गरेका छन्।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष पञ्चा सिंहले आगामी निर्वाचनपछि प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति हुने दाबी गर्दै प्रचण्ड राष्ट्रपति नभई मुलुक उँभो नलाग्ने जिकीर गरिन्।

अखिल (क्रान्तिकारी) कैलालीको २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सिंहले भनिन्, ‘अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थतिर धकेल्ने सारा प्रयासहरु असफल हुनेछन् र प्रचण्डले पहिलो कार्यकारी राष्ट्रपतिको रुपमा गणतन्त्र नेपालको नेतृत्व गर्नेछन्।’

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, कैलाली अध्यक्ष लाल बहादुर सोडारी, पूर्वसांसद हरि ज्ञवालीलगायतले सम्बोधन गरेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = five