पञ्जाबविरुद्ध आज सन्दीपको खेल्ने सम्भावना कति ?

एजेन्सी-यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ । पञ्जाब भने दिल्लीलाई हराएर चौंथो जित हात पार्ने दाउमा छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जित्नै पर्ने दबाब छ । यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

पञ्जाबविरुद्ध सन्दीपको सम्भावना कति?

पञ्जाबविरुद्ध पनि सन्दीपले मौका पाउन सम्भावना कम छ । अघिल्लो खेलमा जित हासिल गरेकाले दिल्लीले त्यही प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना छ । यद्यपि ऋषभ पन्त फिट भएको अवस्थामा दिल्लीको प्लेइङ ११ मा केही परिवर्तन अवश्य देख्न पाइने छ ।

यदि उनले आजको म्याच खेले एलेक्स क्यारी र आजिक्य रहाणेले विश्राम पाउन सक्छन् । पन्त घाइते हुँदा शिमरोन हेटमायरलाई आराम दिँदै विकेटकीपिङका लागि क्यारीलाई प्लेइङ-११ मा समावेश गरिएको थियो । रहाणे पन्तको स्थानमा अन्तिम-११ मा परेका थिए ।

यदि क्यारीले विश्राम पाए दिल्लीले उनको स्थानमा विदेशी खेलाडीको रूपमा शिमरोन हेटमायर, सन्दीप लामिछाने, डानियल साम्स र किमाे पउलमध्ये एक जनालाई खेलाउने छ । यी चारमध्ये हेटमायरको सम्भावना बलियो छ । उनी राम्रो प्रदर्शनका बाबजुत पनि पन्त घाइते हुँदा पछिल्ला खेलमा बेन्चम बसिरहेका थिए । त्यस्तै, लामिछाने, साम्स, पउलले पनि लगातार ९ म्याच खेल्न पाएका छैनन् । दिल्ली यी तीनमध्ये आज एकलाई मौका पनि दिन सक्छ ।

दिल्लीको सम्भावित प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, आर अश्विन, तुषार देशपाण्डे, कागिसो रबाडा, शिमरोन हेटमायर/सन्दीप लामिछाने र एनिरिक नोर्टजे ।

पञ्जाबको सम्भावित प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरान, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, एम अश्विन, रवि बिश्नोई, मोहम्मद शामी र अर्शदीप सिंह ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × one =