प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्नेमा प्रचण्डको जोड !

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नुपर्ने बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता प्रचण्डले नेकपा (माओवादी केन्द्र) संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।

राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘तर जरुरी र्पयो भने हामी सडकमा जानुपर्ने हुनसक्छ।’ त्यस्तै उनले माओवादीका नेताहरुमा स्वार्थ हाबी भएका कारण पार्टीले बाटो बिराएको स्वीकार गरेका छन्।

‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ।’

‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ’ उनले भने।’

त्यस्तै उनले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = 1