सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : मन्त्री जनार्दन शर्मा

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थ मन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।

कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ’, उहाँले भन्नुभयो, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’

उहाँले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७र०७८ सम्म चार खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

अहिले सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड रुपैयाँ छ । कोषको दायित्व चार अर्ब ६७ करोड रुपैयाँ रहेकोे छ ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूका लागि सात हजार पाँच सय रुपैयाँका दरले दुई पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । ।यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परि ज्यान गएमा वा पूर्ण अङ्गभङ्ग भएमा दुई लाख रुपैयाँ प्रदान गर्दछ ।

सञ्चयकर्ताको सेवाकालमा ज्यान गएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा एक लाख तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।

वि।सं। २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि।सं। १९९१ मा सैनिक द्रव्य कोष, वि.सं. २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र वि।सं। २०१७ मा सञ्चय कोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = thirty