पारश र हिमानीको छोरीले पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर (भिडियो)

काठमान्डौं । सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् ।

सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् ।

उनी सामाजिक संजालमा सक्रिय छिन् । इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन् । उनको लुगा लगाईको शैलि निकै नै शालिन र भद्र छ ।

आमा हिमानी जस्तै उनको पहिरन लगाउने शैलि मनमोहक छ । उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन् । तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन । किनभने, उनको लुगा लगाउने शैलि निकै आकर्षित छ ।

नेपालमा राजतन्त्र समाप्त नभएको भए पारश शाह र हिमानीको जेठि छोरी भएकै कारणले पूर्णिका नेपालको पहिलो महिला राष्ट्रप्रमुख हुने संभावना थियो ।

सन् २००८ मा राजतन्त्र समाप्त हुनु भन्दा अगाढी राजा हुने लाईनमा पुर्णिका थिइन् । तर, राजकाज भने हृदयेन्द्रको हातमा हुने प्रचलन कायमै थियो । त्यसैले, पूर्णिका राष्ट्रप्रमुख हुने संभावना थियो । तर, दुर्भाग्यवस न त राजतन्त्रनै रह्यो न त पूर्णिका राष्ट्रप्रमुखनै हुन पाइन् ।

सन् २०००६ मा पुरुषलाई प्राथमिकता दिने सो प्रचलनको अन्त्यका लागि कानुन बनाइएको थियो । सो कानुन अनुसार पूर्णिका राजा हुन पाउने थिइन् । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा सो कानुन बनाउन पहल गरिएको थियो । सो समाचार अन्तर्राष्ट्रिय मिडियामा समेत सार्वजनिक भएको थियो । राजपरिवारमा लैंगिक भेदभाव अन्त्यको लागि सो कदम सराहनिय थियो ।

सन् २०१५ मा जारी संविधानपछि नेपाल गणतान्त्रीक देश उल्लेख भएसँगै राजतन्त्रको अन्त्य हो । सन् २००८ पछि त्यसपछि पारश सिंगापुर गए । त्यसको दुई हप्तापछि हिमानी र तीन छोराछोरी सिंगापुर पुगे । हिमानीले आफ्ना सन्तानलाई सिंगापुरमै शिक्षा दिलाउने योजना बनाएकि थिइन् ।

तर, पारशको चालचलनले गर्दा हिमानी नेपाल फर्किन् । पारशको कहिले प्रेमिका बारेमा चर्चा चल्यो त कहिले जे पाए त्यहि खाएको भन्दै नियन्त्रणमा परे ।

पूर्णिकाको पहिलो राजपरिवार सदस्य हुन जस्ले आफैँ जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाएकि थिइन् । यसअघि राजपरिवारको सदस्यले आफ्ना सहयोगीलाई पठाएर नागरिकता बनाउने गर्दथे । उनी राजपरिवारको पहिले सदस्य हुन जो आफैँ जिप्रका गएर नागरिकता बनाइन् । नागरिकता बनाउने बेलामा उनको चर्चा चुलिएको थियो ।

धेरै संचारमाध्यममा उक्त समाचार आएको थियो । नागरिकता बनाउने बेला कर्मचारीले अभिभावक बोलाउन आग्रह गरेका थिए । अभिभावकका रुपमा पूर्णिकाले आफ्नो आमा हिमानीलाई बोलाएकि थिइन् ।

हिमानीले सनाखत गरेपनि पूर्णिकाको नागरिकतामा पारश र हिमानी दुवैको नाम थियो । पूर्णिका हाल थाइल्याण्डमा अध्ययनरत छिन् । नेपालको महारानी नभएपनि पूर्णिकालाई हार्दिक शुभकामना । समाजसेवामा सक्रिय पूर्णिकाको उज्जवल भविष्यको कामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

84 ÷ = forty two