क्याप्टेन विजय लामालाई को’रोना संक्रमण, शिध्र स्वाथ्य लाभको कामना

काठमाडौं : नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई को’रोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई को’रोना देखिएको हो। उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्। लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए। ‘म अहिले सोल्टीको आइसोलेसन भर्ना भएको छु, उहाँ पनि सँगै हुनुहुन्छ,’ लामाले भने।

त्यस्तै, युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया अन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोे’रोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ । नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा को’रोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसि आर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई को’रोना संक्रमण देखिएको ले जनाइएको छ । को’रोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको स्वास्थ्य परीक्षणपति मात्र अर्को रोटेसन उडान तय गरिने निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + four =