आईपीएलमा आज कोलकाता र बेंगलोर भिड्दै ! कसले जित्ला त खेल ?

एजेन्सी : यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुँदैछ । खेल सेख जायद क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ ।

कोलकाता बेंगलोरलाई हराउँदै छैटौं जितका साथ प्ले अफमा आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ । हैदराबादसँगको खेलमा घाइते भएका आन्द्रे रसेल आजको खेल खेल्ने वा नखेल्ने भन्नेमा अनिश्चित छ । रसेल उपलब्ध नभए सुनिल नारायणले मौका पाउने छन् ।

यता कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ । बैंगलोर सातौं जितको खोजीमा छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा छ । कोलकातालाई हराएर बैंगलोर शीर्ष टोलीसँग अंक बराबरी गर्न चाहन्छ ।

कोलकाता नाइट राइडर: इयोन मॉर्गन (क्प्तान), शुभमन गिल, नीतीश राणा, राह्रि त्रिपाठी, दिश कार्तिक, चंद्र रसेल, कुलदीप यादव, लोकी फर्ग्यूसन, कम कमिसन, वरुण चक्रवर्ती, सुनील नरेन, टम बेरन्टन, कमेश, कमलेशकोटी कृष्णा, संदीप वॉरियर, शिवम मावी, रिंकू सिंह, क्रिस ग्रीन, एम सिद्धार्थ र निखिल नायक

रोयल च्यालेन्जर्स बैंगलोर : ब्याट कोहली (कप्तान), एबी डिविलियर्स, पार्थिव पट्टेल, एरॉन फिंच, जोश फिलिप, क्रिस मॉरिस, मोबिदा, मोहम्मद सिराज, शाहबाज अहमद, देवदत्त कट्टिकल, युजवेंद्र चहल, नवदीप, डेट्टन। उदाना, शिवम दुबे, उमेश यादव, गुरकीरत सिंह मान, वॉशिंगटन सुन्दर, पवन देशपान्डे र एडम जाम्पा।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = 10