बलरहरुले चमत्कारी बलिङ गरेपछि किङ कोहलीको बेङ्लोरको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं जित निकालेको छ । बुधबार राति अबुधाबीमा भएको खेलमा बेंगलोरले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ८ विकेटले पराजित गरेको हो ।

यूएईको शेख जायद क्रिकेट मैदानमा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लाेरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे । कोलकताका लक्की फर्गुसनले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रनमा मात्र जोड्न सक्यो। कोलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादवले १२ रन बनाए । त्यस्तै टम बानटनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका बलर मोहमद सिराजले ४ ओभरमा २ मेडनसहित ८ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै युजेवेन्द्र चहलले २ विकेट लिएका थिए । त्यसैगरि नवदीप सैनी र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए । जितसँगै बेङ्ग्लोर १० खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट १० अंक जोडेको कोलकाता चौथो स्थानमा छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = 5