बरिष्ठ अभिनेता हरिवंश आचार्य र पत्नि रमिलाले जिते कोरोनालाई, भने कोरोनालाई सामान्य नठान्नु

काठमाडौं । बरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् । बुधबार गरेको परिक्षणको नजिता बिहिबार आएको र आँफु र पत्नि रमिलाको रिर्पोट नेगेटिभ आएको जानकारी उनले सामाजिक संजाल मार्फत गराएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै अभिनेता आचार्यले भनेका छन् ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

नयाँ सिनेमा, टेलिफिल्म र विज्ञापन सुटिङ गर्ने क्रममा आफू संक्रमित भएको हरिवंशले बताएका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका बेला हरिवंशले कोरोनालाई सामान्य नठान्न आग्रह गर्दै यसपटकको दशैंमा आफ्नो घरमा टीका लगाउन समेत आफन्त र शुभचिन्तकलाई पटक पटक आग्रह गर्दै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 + three =