अनौठो शैलिमा नेपालको प्रचार गर्ने भारतिय चेलि भन्छिन् : ‘गौतम बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन् ‘ ( भिडियो हेर्नुस )

काठमाडौँ । भारतकी मोटिभेशनल स्पिकर मानसी अग्रवालले भिन्न तरिकाले नेपालको प्रचार गरेकी छन् । उनले नेपालको बारेमा ७ मिनेट ३२ सेकेन्डको एउटा भिडियो निर्माण गरी फेसबुकमा सेयर गरेकी छन् । जसमा उनले ‘नेपाल घुम्नै नहुने सात कारण’ उल्लेख गरेकी छन् । उनको यो भिडियो आज साँझ ६ बजेसम्ममा ७ हजार ६ सयभन्दा बढी सेयर भइसकेको छ । आफूले नेपाललाई माया गर्ने बताउने उनी लामो समय नेपालमै बसेको अब पनि नेपालमै बसेर काम गर्ने उल्लेख गरेकी छन् ।

उनले अंग्रेजी भाषामा नेपालको बारेमा भिडियो निर्माण गरी सामाजिक सञ्जालमा राखेकी छिन्। उनले पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी कस्ता मानिस नेपाल घुम्न नहुने भनी भिडियो निर्माण गरेकी छन्। आफुलाई नेपालमा लामो समय बसेको र अब यतै बस्ने चाहना भएको बताएकी उनले सार्वजनिक गरेको यो भिडियो अहिले विश्वव्यापी भएको छ । उनी मोटिभेसनल स्पिकर हुन् ।

शुक्रबार आफ्नो फेसबुक पेजमा नेपाल घुम्नै नहुने ७ कारणसहितको भिडियो अपलोड गरेकी थिइन्। उनले यस अघि पनि विभिन्न भिडियो सार्वजनिक गर्ने गर्थिन । तर सामान्यतया उनले पोष्ट गरेका भिडियो चार, पाँच हजार मात्रै भ्युज हुने गरेका थिए । तर नेपाल घुम्नै नहुने ७ कारणसहित शीर्षक रहेको भिडियो भने आइतबारसम्म करिब साढे सात लाखले हेरिसकेका छन्।

‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। उनले भिडियो सुरु गर्दै भन्छिन्, म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु । उनले भिडियोमा नेपालको मौसम, वातावरण, संस्कृति र यहाँको प्रकृतिका बारेमा निकै सटिक ढंगले ब्याख्या गरेकी छन् ।

नेपालको रहनसहन, नेपालीको बानी र यहाँको खानेकुराको विविधताका वारेमा कुरा उठाएकी छन् । उनले आफ्नाे भिडियो अन्तिमसम्म हेर्न आग्रह गरेकी छन् । यसैबिच मानसिले गौतम बुद्ध भारतमा हैन नेपालमै जन्मिएको बताएकी छिन् । एक युटुबलाई अन्तर्वार्ता दिदै गौतम बुद्ध नेपालको लुम्बिनिमै जन्मिएको बताएकी छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ nine = one