राजस्थानले हैदरावादलाई दियो मात्र १५५ रनको झिनो लक्ष्य, के उक्त लक्ष्य हैदरावादले भेटाउला त ?

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले रोयल राजस्थान र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ ।

१० खेल खेलेको राजस्थानले चार खेल जित्दै आठ अङ्क बटुलेको छ । एक कम खेलेको हैदराबादले तीन खेल जित्दै ६ अङ्क बनाएको छ ।

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, प्रियम गर्ग, मनिष पाण्डे, विजय शङ्कर, अब्दुल समाद, जेसन होल्डर, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा र टी नटराजन ।

यस्तो छ राजस्थानको प्लेइङ ११ : बेन स्टोक्स, रोबिन उथापा, सन्जु सामसन, स्टेभेन स्मिथ, जोस बटलर, रियान पराग, राहुल तेबतिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, अङ्कित राजपूत र कार्तिक त्यागी ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 2