मनिष पाण्डे चम्किदा हैदरावादको सहज जित, सन्दिपले भने कमाल देखाउन सकेनन्

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औँ सिजनको ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो ।

दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । हैदरावादका लागि मनिष पाण्डेले ४७ बलमा अविजित ८३ रन बनाएका थिए भने विजय शंकरले अविजित ५२ रन बनाएका थिए । त्यस्तै जोनी बैरस्ट्रवले १० रन बनाए भने डेविड वार्नरले ४ रन बनाए ।राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

सअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजित रहे ।

हैदरावादका बलर जासन होल्डरले ३ विकेट लिएका थिए भने विजय शंकर र राशिद खानले एक एक विकेट लिएका थिए । यस जितसँगै हैदराबादले १० खेल खेल्दै चारमा जित निकालेको छ । ६ खेल गुमाएको हैदाबाद ८ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित राजस्थानको भने ११ खेलबाट चार खेलमा जित निकाल्दै ८ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

 

 

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 2