२ करोड ६६ लाख बराबरको आईपीओ निष्काशन गर्दै उपकार लघुवित्त !

काठमान्डौं । उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ ।

साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।

आईपीओ जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको छ।

सेबोनबाट अनुमति पाएसंगै कम्पनीले सर्बसाधारणमा आइपियो निस्कासन गर्ने छ।

कम्पनीको केन्द्रीय कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty ÷ eight =