जुम्लामा डाक्टर गोविन्द केसीले सुरु गरे १९ औं सत्याग्रह

जुम्ला । डाक्टर गोविन्द केसीले फेरी १९ औं सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनले अनसन सुरु गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै डा. केसीले अनसन सुरु गरेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four − thirty five =