खुसिको खबर ! ह्वात्तै कम भयो कोरोना संक्रमितको संख्या, आज मात्रै थोरै संक्रमित

काठमाडौं । आज थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य अमन्त्रलायाका अनुसार १३८४६ जनामा पीसीआर परिक्षण गर्दा सो सख्यामा कोरोना संक्रमित थपिएका हुन् । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना नि’को भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ।

पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गु’माइसकेका छन् ।नेपालमा हाल ३०७ जना आ’इसीयूमा रहेका छन् भने ७० जनाको भे’न्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृ’त्युदर ०.५ प्रतिशत रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight ÷ = 24