क्लिन फिड लागु भएपछि रोकियो बिदेशी च्यानलको प्रसारण, क्लिन फिड सहि कि गलत ?

काठमाडौं । सरकारले गएरातिबाट विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने नियम लागू गरेसँगै कतिपय च्यानलहरुको प्रसारण रोकिएको छ ।विज्ञापन ऐन अनुसार यससँगै मध्यरातबाट स्थानीय भाषामा विज्ञापन नबनेसम्म नेपालमा प्रसारण हुने विदेशी च्यानलहरु विज्ञापनरहित हुँदैछन् ।

यसका लागि सरकारले केबल तथा सेटेलाइट अपरेटरहरुलाई निर्देशनसमेत दिइसकेको छ ।अक्टोबर २४ (कात्तिक ८)बाट अनिवार्य क्लिनफिड लागू गर्न सरकारले निर्देशन दिएको केबल तथा सेटेलाइट अपरेटरहरुले बताएका छन् । सरकारले क्लिनफिड कडाईका साथ लागू गर्दै पालना नगर्नेलाई कारबाहीको संकेत दिएपछि केबल तथा सेटेलाइट टेलिभिजन अपरेटरहरुले क्लिनफिड लागू भएबाहेकका अन्य च्यानलहरुको प्रसारण बन्द गर्ने बताएका छन् ।

यसैले यो कार्यान्वयनमा आउँदा कात्तिक ७ को मध्यरातपछि थुप्रै चर्चित विदेशी च्यानलहरुको प्रसारण रोकिएको छ ।अब नेपालीले हेर्दै आएका लोकप्रिय च्यानलहरु पनि विज्ञापनरहित भएर नेपाली अपरेटरहरुले प्राप्त नगरेसम्म नेपालमा अब प्रसारण हुने छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty nine = forty six