कलाकार खोसिएपछि मुन्द्रेको कमेडी क्लब बन्द !

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको स्ट्यान्डप कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’ यो साताबाट बन्द भएको छ ।

अब यो हास्यप्रधान कार्यक्रम त्यो टेलिभिजनबाट प्रसारण नहुने मुन्द्रको कमेडी क्लबका मुख्य कलाकार जितु नेपालले बताएका छन् ।

नेपाल टेलिभिजनबाट करिब १ सय १० भाग प्रसारण भइसकेको हास्यप्रधान कार्यक्रम मुन्द्रेको कमेडी क्लब अबको साताबाट बन्द भएको निर्देशक कलाकार नेपालले बताएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै कलाकार नेपालले सो जानकारी गराए । सम्बन्धित विज्ञापन एजेन्सी तथा सहयोगीसँग सम्झौताबिना नै यो कार्यक्रम उनले गरेका कारण एजेन्सी र उनीबीच विवाद बढेको पनि थियो ।

यस विषयमा जितुले भने, ‘मैले यसअघि अन्य कार्यक्रममा बिनासम्झौता अभिनयसँगै निर्माण कार्य पनि गरें । त्यो सम्झौता नहुँदा अहिले दुःख पाएँ र यो कार्यक्रम बन्द गर्नुपरेको छ ।’

अब आउँदा दिनमा कुनै पनि कार्यक्रम तथा काम गर्दा पहिलो सम्झौता गर्ने पनि नेपालले बताए ।

जितुको कथन अनुसार कमेडी क्लबका मुख्य कलाकार उमेश राई अर्थात् फुलन्देकी आमालाई सम्बन्धित विज्ञापन एजेन्सीले मुख्य उद्घोषक बनाएर डान्स च्याम्पियनमा अनुबन्धित ग¥यो ।

फुलन्देकी आमा आफ्नो कार्यक्रमको मुख्य खम्बा भएका कारण निर्माण पक्षले नै फुलन्देकी आमालाई अर्को कार्यक्रममा लगेपछि आफूलाई मुन्द्रेको कमेडी क्लब चलाउन गाह्रो भएको जितुले बताए ।

आफ्नो कार्यक्रमबाट सम्बन्धित विज्ञापन एजेन्सीले कत्ति पनि घाटा नसहेको बरु हरेक एपिसोडमा केही रकम नाफा नै कमाएको पनि उनले जिकिर गरे तर पनि आफ्नो कार्यक्रमको कलाकारलाई अन्य कार्यक्रममा लगेर मुन्द्रेको कमेडी क्लब नै चलाउन गाह्रो बनाएपछि बन्द गर्नुको विकल्प नरहेको पनि उनले बताए ।

मुन्द्रे नाम आफ्नो भए पनि कमेडी क्लबको कपीराइट आफूसँग नभएकाले अब यो नाममा कार्यक्रम नचलाउने पनि जितुले बताएका छन्, ‘हामीले मुन्द्रेको कमेडी क्बल बन्द गरेको जानकारी पाएपछि केही टेलिभिजनबाट यो कार्यक्रम चलाउन प्रस्ताव आएको छ ।

हामीले अरू टेलिभिजनबाट हास्य कार्यक्रम ल्याएको खण्डमा यो नाम भने हुँदैन,’ निर्माण संस्था की एड्भरटाइजिङसँग आफू सल्लाहले छुट्टिएकाले की एड्भरटाइजिङले कमेडी क्लबलाई अन्य नाम जोडेर फरक कलाकार राखी निरन्तरता दिन सक्ने पनि जितुले बताएका छन्,

‘उहाँहरूसँग विज्ञापन प्रशस्त छ भने टेलिभिजनसँग सम्झौता भएको अझै आठ महिनाको सलट बाँकी छ । त्यसैले कमेडी क्लब उहाँहरूले नेपाल टेलिभिजनबाट निरन्तर ल्याउनुहुन्छ होला ।’

मुन्द्रेको कमेडी क्लबकी अध्यक्ष एवं अभिनेत्री करिश्मा मानन्धरले दर्शकले निकै रुचाएको यो कार्यक्रम एकाएक बन्द गर्नुपर्दा दुःख लागेको बताइन्, ‘जितुसहित हामी सबैको मिहिनेतले यो कार्यक्रम लोकप्रिय बनेको थियो ।

तर, अहिले विविध कारणले बन्द गर्नुपर्दा दुःख लाग्दो रहेछ ।’ उनले अगाडि थपिन्, ‘जितको प्रेरणाले म यो हाँस्य कार्यक्रममा आएँ र हास्य विधामा एउटा राम्रो छाप पनि बसेको छ । त्यसैले, अब जितु र म मिलेर कुनै टेलिभिजनबाट फेरि हास्यप्रधान कार्यक्रम ल्याउनेछौं ।’

यसपटक भने सम्बन्धित कार्यक्रमको प्रतिलिपि अधिकार आफैं लिएर मात्र कार्यक्रम बनाउने पनि उनले स्पष्ट पारिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 3 = one