‘इन्गेजमेन्ट’ गर्दै रनवीर कपुर र अभिनेत्री आलिया भट्ट!

आलिया भट्ट र रनवीर कपुरआलिया भट्ट र रनवीर कपुर बलिउड अभिनेता रनवीर कपुर र अभिनेत्री आलिया भट्टको जोडीलाई
प्रशंसकहरुले निकै मन पराउँछन्। प्रेम सम्बन्धमा रहेको यो जोडीको बिहेबारे केही दिनयता व्यापक चर्चा चलिरहेको छ।

कोइमोइका अनुसार हालै उनीहरु नोभेम्बर महिनाभित्रै इन्गेजमेन्ट गर्ने खबर सार्वजनिक भएको छ। आलिया र रनवीरको प्रेम सम्बन्ध दुई वर्षअघि एक भिडिओमार्फत् सार्वजनिक भएको थियो। भिडिओमा निर्देशक आर्यन मुखर्जीले आलियालाई रनवीरको गर्लफ्रेन्ड भनेर सम्बोधन गरेका थिए र उनीहरु दुवैले त्यो कुरा नकारेको थिएनन्।

उनीहरु सामाजिक सञ्जाल र कार्यक्रममा पनि आफ्नो सम्बन्धबारे खुलेर बोलिरहेका हुन्छन्। उनीहरुको बिहेको हल्ला सन् २०१९ देखि नै चलिरहेको थियो, तर अझै पनि रनवीर र आलियाले यो योजना आफैसँग मात्र राखिरहेका छन्। ​कोइमोइले एउटा रिर्पोटलाई आधार मान्दै अनुसार रनवीर र आलिया यही महिना भारतको राजस्थानस्थित इन्गेजमेन्ट समारोह आयोजना गर्ने तयारीमा रहेको जनाएको छ।

केही दिनअघि पोस्ट भएको एउटा भिडियोमा रनवीरलाई यसबारे प्रश्न गरिएको थियो जसमा उनले कुनै प्रतिक्रिया दिएका थिएनन्।
रनवीर र आलिया हाल आगामी फिल्म ‘ब्रह्मस्त्र’मा सँगै अभिनय गर्दैछन्। यो फिल्म धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो। फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका हुने कोइमोइले जनाएको छ

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ four = one