शेयर बजार झन्डै १७ अङ्कले बढ्यो, सात अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि बढेको छ । नेप्से आज १६ दशमलव ९५ अङ्कले बढेर दुई हजार आठ सय एक दशमलव ५२ विन्दुमा पुगको छ।

आज बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । विकास बैंक, बीमा, उत्पादन, लगानी र म्युचल फन्ड समूहको शेयर भने ओरालो लागेको छ ।

आज दुई सय २४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर सात अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पञ्चकन्यामाई हाइड्रो, अपर तामाकोशी जलविद्युत्, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि बोटलर्स नेपाल र महालक्ष्मी विकास बैंकको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty three = seventy three