‘गगन दाइै, हाई हाई, गगनकै खाँचो छ अब कांग्रेसलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार (हिजो) देखि काठमाडौंमा शुरु भएको छ । कांग्रेसको महाकुम्भ मानिएको जारी महाधिवेशनमा आकांक्षी धेरै देखिएका छन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता तथा पुर्वमन्त्री गगन थापालाई जिताउने अभियान स्वरुप ‘गगन दाइ हाई हाई’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोसहित बजारमा आएको गीतमा गगन थापाकोे आवश्यकता किन त उहाँले जिते देशले के पाउँछ र उहाँ नेतृत्वमा रहदाँ के–के राम्रा काम गर्नुभयो भन्ने केहि विषयबस्तु समेटिएका छन् ।

गीतमा गायिका टिका पुन र कृष्ण रेउलेको स्वर रहेको छ भने अमृत अधिकारीको शब्द रहेको छ ।

गीतको संयोजन दुर्गा रायमाझीले गर्नुभएको छ भने गीतको संगीत शिव हमालले गर्नुभएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 2 = one