माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीलाई कोरोना संक्रमण, अवस्था सामान्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

यो बीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध सचिवालयले गरेको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + seven =