प्राणको बाजी लगाउँछु तर जनतालाई धोका दिन्न: सभामुख सापकोटा

सिन्धुपाल्चोक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूमाथि विश्वास र भरोसा गरेका जनतालाई धोका नदिने बताएका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने ‘तपाईंहरूको भोटले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ।

तपाईंहरूको यो विश्वासलाई, ममाथिको भरोसालाई धोका दिने छैन, विश्वासघात गर्ने छैन । जनतालाई धोका दिनुभन्दा पहिला बरु म प्राणको बाजी लगाउन तयार छु । म तर जनतालाई धोका दिने छैन।’

सभामुख सापकोटाले राजनीतिक संकट, को-भिड १९ को संकट र जलवायु परिवर्तनका कारण निम्तिएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भनेजस्तो काम गर्न नपाएको स्वीकार गरे ।

सभामुख सापकोटाले आफ्नै पालामा दुई-दुई पटक संसद विघटन भएर पुनर्स्थापना भएको स्मरण गर्दै राजनीतिक संकट भने क्रमशस् सुधारको बाटोमा रहेको दाबी गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two − twenty two =