अमेरिकाबाट हेम थापाको प्रचण्डलाई खुल्ला पत्र एमसीसी रोक्ने हजुरको अडानलाई सलाम छ

काठमाडौ । मेरा लागि सबै बराबर हुन् , सबै लाई सम्मान गर्छु म । म कसै संग गुण र दोषका आधारमा सहमति र असहमति प्रकट गर्दछु ।यो मेरो अधिकार हो ।

हेल्लो भिम रावाल,सुरेन्द्र भण्डारी,हेम राज थापा,ज्ञानेन्द्र साहि, रमेश खरेल क्षितिज सापकोटा आदि आदि कता मुख लुकाएका छौ ? ओली ज्यु ले खुला संसदमा च्यालेन्ज गर्दा , प्रधानमन्त्री शेर बहादुर देउवा ले यस्तो बोल्दा कोहि बोल्न सकेउ ? रोडमा र पिढिउ पछाडी मात्र ठुल्ल ठुला गफ दिने हो ?

देश र जनताभक्त नेत को रहेछन् भन्ने थाहा भयो होलानि सबै लाई ? हिजो संसदमा पुर्ब प्रधानमन्त्री ओली ज्युले MCC को बारे बोल्नु भएको र आज प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु ले दिनु भएको मन्तब्य …? MCC प्रचण्डका कारण नै आज सम्म पास हुन नसकेको स्पष्ट भएको छ ।

जुन बोलि मैले बोलेको छु , प्रचण्डको लाइन त्त्यहि छ , सलाम छ प्रचण्ड लाई । प्रचण्ड मानेका भए हिजो ओली प्रधानमन्त्री हुदा खेरि नै जस्ताको त्त्यस्तै पास हुने निश्चित थियो र आज पनि प्रचण्डले सहमति जनाए प्रधानमन्त्री शेर बहादुर ज्यु ले भोलि नै पास गर्नु हुन्छ ।

युद्धमा हरेक कुरा जायज हुन्छ , यदि यस्तो नहुने भए युद्ध नै हुदैन , दन्दकालका कुरा लिएर प्रचण्ड लाई बाच्न दिनु हुदैन, मार्नु पर्छ , यो देशद्रोही हो भन्नेको जमात धेरै छ, तर यो जमात लाई यति पनि ख्याल छैन कि युद्ध प्रचण्डले मात्र लडेका हैन , लाखौले युद्ध लडेका छन् , एउटा ब्याक्तिले हैन सिंगो माओबादि पाटी लडेको हो । बिश्वामा यस्ता युद्ध धेरै देशमा भएका छन् ।

आज यहि माओबादि पाटीको कारण यसरि रोडमा, टेलिभिजनमा अथवा हरेक तरिकाले घाटीका नसा फुलाए, घोक्रो सुक्ने गरि बोल्ने,कराउने र लेख्ने साथै हरेक प्रकारको आफ़्नो हकअधिकार माग्ने स्वातन्त्र पाएका छौ। अब यति सत्य बोल्दा र लेख्दा कसैको झोले र भक्त भईन्छ भने मैले केहि भन्नु छैन ।

समाजसेवि हेम थापा न्युयोर्क

यो पनि हेर्नुहोस, भूकम्पमा ध्वस्त बनेको ललितपुरको नारायण दरबार पुनर्निर्माण प्राधिकरणको सूचीमै परेन

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ठीक पछाडि राणा प्रधानमन्त्री वीरशमशेर जबराको पालामा निर्मित एउटा पुरानो दरबार छ । ‘नारायण भवन’नामबाट परिचित दरबार १२ वैशाख ०७२ को भूकम्पमा ध्वस्त बन्यो ।

भूकम्पबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि सरकारले शक्तिशाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो । भूकम्पबाट क्षतिग्रस्त बनेका मुलुकभरका नयाँ तथा पुराना सबै दरबार पुनर्निर्माणका लागि सूचीकृत भए ।

तर, सिंहदरबारबाट पाँच किलोमिटर पर अवस्थित जीर्ण दरबार भने सूचीकरणमै छुट्न पुग्यो । जसकारण दरबार भग्नावशेषमा परिणत भएको त छ । कतिसम्म भने दरबारले चर्चेको जग्गासमेत मिचिने क्रम तीव्र भएको छ । सरकारी कर्मचारीको चरम लापरबाहीको उदाहरण बनेको छ यो दरबार ।

दरबारपरिसरकै पश्चिमतर्फ रहेको बागमती प्रदेशअन्तर्गत प्रदेश सुशासन केन्द्रका कार्यकारी प्रमुख विमल पोखरेलले दरबारको पूर्वतर्फका केही जमिन मिचिएको जानकारी दिए ।

‘यो दरबार राणाकालीन समयमा बनेको हो । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सूचीकरण हुन छुटेछ । ६ वर्षअघिको भूकम्पले दरबारको भित्री भाग सबै भत्केका छन् । पूर्वतर्फको जमिन पनि मिचिएका छन् । नाप लिँदा चौडाइतर्फको दुई मिटर जमिन पुग्दैन,’ उनले भने ।

दरबारको पूर्वतर्फ साँधमा श्रीहरशमशेर राणाको जग्गा छ । भूकम्पपछि जग्गाको साविकको साँधसीमाभन्दा दुई मिटर वर पर्खाल लगाइएको छ, जुन जीर्ण नारायण भवनको जग्गा हो । चौडाइतर्फबाट दुई र लम्बाइतर्फको १० गरी दरबारको २० मिटरभन्दा धेरै जग्गा मिचिएको देखिन्छ ।

जग्गामा अहिले युलेन्स स्कुलको किन्डर गार्डेन ब्लक छ । युलेन्सले १० वर्षदेखि लिजमा लिएर जग्गा उपभोग गर्दै आएको छ ।

दरबारस्थित आँगनमा भने बंगलामुखी नामको भव्य नर्सरी फार्म छ । नर्सरी करिब तीन रोपनी जग्गामा फैलिएको छ ।

आँगनको बीच भागमा राणाकालीन समयमा निर्मित ढुंगेधारा छ । धारा चुरोटका ठुटाले भरिएका छन् । नर्सरीका टनेल दरबारभित्रका पुराना काठले अड्याइएका छन् । आँगनकै दक्षिणतर्फको भागमा नर्सरी कार्यालय र क्यान्टिन सञ्चालनमा छन् । कार्यालय र क्यान्टिन दुवैमा दरबारका काठ प्रयोग भएका छन् ।

२० वर्षदेखि आँगनमा नर्सरी सञ्चालित छ । निकै सस्तो भाडामा राखिएको नर्सरीले एक वर्षदेखि मासिक भाडा तिर्नसमेत छाडेको छ ।

दरबार रेखदेखको जिम्मा पाएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रमुख बाबुराज श्रेष्ठले नर्सरीले वर्ष दिनदेखि भाडा नतिरेको जानकारी दिए ।

‘दरबारको आँगनमा निजी कम्पनीको नर्सरी रहेछ । ऊ २० वर्षदेखि त्यहाँ रहेको बुझिन्छ । पछिल्लो वर्षको उसले भाडासमेत तिरेको छैन । उसलाई हटाउन कोसिस पनि भएको हो, तर सकिएको छैन,’ उनले भने ।

यसरी छुट्यो प्राधिकरणको सूचीकरणबाट

इतिहासविद् पुरुषोत्तमशमशेर राणाका अनुसार नारायण भवन जावलाखेल दरबारकै एक हिस्सा हो ।

राणा प्रधानमन्त्री वीरशमशेरले वास्तुकलाविद् जोगलाल स्थापित ‘भाजुमान’लाई १९५४ मा डिजाइन गर्न लगाई दरबार निर्माण गरेका थिए । पछि अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरले दरबार उपभोग गरे ।

१९९० को भूकम्पमा भत्किएपछि दरबारलाई नयाँ ढंगले बनाइयो । त्यसपछि नारायणशमशेरले दरबार प्रयोग गरे ।

०१७ सालको शाही परिवर्तनपछि दरबार नेपाल सरकारको नाममा आयो । त्यसयता दरबारमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको महिला तालिम प्रशिक्षण प्रतिष्ठानको कार्यालय सञ्चालन हुँदै आएको छ ।

१२ वैशाख ०७२ को भूकम्पबाट दरबार जीर्ण बन्यो । दरबारका बुर्जा ढले । बैठक हल भत्कियो । चोटा कोठा चर्किए । छानाबाट खसेका काठपात असरल्ल बने । कोठा बस्नलायक नभएपछि महिला तालिम प्रशिक्षण प्रतिष्ठानको कार्यालय अन्तै सारियो ।

तर, दरबार पुनर्निर्माण गर्न न महिला तालिम प्रशिक्षण प्रतिष्ठानको ध्यान पुग्यो, न स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले कुनै पहलकदमी लियो । जसकारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचीमै परेन । परिणामतः दरबार अहिलेसम्म पनि जीर्ण नै रहन पुगेको छ ।

‘पहिलो सूचीकरणमा नारायण दरबार छुट्न पुगेछ । पछि पुनः यस विषयमा कुरा उठेको हो । हामीले बनाउन खोजेका थियौँ ।

पछि बागमती प्रदेशले दरबार प्रदेशमातहत आएकाले हामी नै बनाउँछौँ भन्ने खालको कुरा गरेपछि हामीले सूचीमा राखेनौँ । सोही कारण दरबार अहिलेसम्म पनि अलपत्र परेको छ,’ प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन प्रमुख बाबुराजा श्रेष्ठले भने दरबार पुनर्निर्माणका लागि पहल गरिएको बताए ।

‘दरबार पुनर्निर्माणका लागि कर्मचारीबाट पहल नै नभएको भन्नेचाहिँ होइन । यहाँबाट पत्राचार भएको देखिन्छ । तर, किन प्राथमिकतामा परेन ? त्यो भने बुझ्न सकिएन,’ उनले भने 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty seven + = 90