खुसिको खबर ! आज कोरोना लाग्ने भन्दा कोरोनालाई जित्ने धेरै

काठमाडौं, ९ कात्तिक । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३ सय ३६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । यो कुल प्रतिशतमा ७० दशमलव ६ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४५ हजार ५ सय ७२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १३ लाख ९३ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =