फागुन २८ गते (भोली) “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८” काठमाडौंमा भब्यताका साथ सम्पन्न हुदै !

काठमाडौं । अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८” कार्यक्रम यही फागुन २८ गतेका दिन सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक वर्ष गर्दै आईरहेको यस कार्यक्रम कोभिड–१९ का कारण केहि वर्ष रोकिएता पनि निरन्तरता दिने क्रम जारी छ । केही बर्ष देखी रोकिएको बार्षिक कार्यक्रमलाई यस वर्ष पुर्णता दिदै भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य रहेको सोही संस्थाका अध्यक्ष सुजन लम्सालले जानकारी गराएका छन् ।

साथै नेपाली लोक गीत, संगीत तथा लोक दोहोरी क्षेत्रको सबै भन्दा ठूलो र महत्वपूर्ण यस अवार्ड कार्यक्रममा सबैले सक्दो सहयोग गर्न अध्यक्ष लम्सालले अनुरोध गरेका छन् ।

बि।सं। २०६२ साल देखि निरन्तर लोक दोहोरी क्षेत्रको विकाश, संबद्र्धन, प्रबद्र्धन तथा संरक्षणका लागि यो संस्थाले यस्ता महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आएको कुरा सबैलाई अवगत नै छ ।

यस संस्थाले बि.सं. २०६९ साल देखि राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रम आयोजना गर्दै आएको थियो । कलाकारहरुको हरेक दुःख र सुखको सहयात्री संस्था उपत्यका समन्वय समितिले यस बर्ष सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ सम्माननीय उपराष्ट्रपतिको प्रमुख अतिथ्यतामा सम्पन्न गर्ने कुरा संस्थाका सचिव रामु खड्काले जानकारी गराएका छन् ।

यस वर्षको अवार्ड कार्यक्रममा लाईफ टाईम एचिभमेण्ट अवार्ड सम्मान वरिष्ठ लोक गायक बम बहादुर कार्कीलाई गरिने भएको छ । त्यसै गरि संस्थागत सम्मान उपत्यका समन्वय समितिका जन्मदाता दुर्गा रायमाझी, दर्शकका श्रष्टा सम्मान लोकप्रिय गायक राम्जी खाँण, सदाबार लोक गीत सम्मान कलकत्ते काईयों (स्वा,जयनन्द लामा), लोक पत्रकारिता सम्मान नरेश फुयाल ९बाह्रखरी मिडिया० लाई प्रदान गर्ने संस्थाले निर्णय गरेको कुरा सो कार्यक्रम प्रचार प्रसार संयोजक प्रसाद लामिछानेले बताएका छन् ।

यस अवार्ड कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन संस्थाका पदाधिकारीहरुलाई निम्न जिम्मेवारी प्रदान गरिएको छ ।

यस अवार्ड कार्यक्रमलाइ सम्य र भब्य रुपमा सफल पार्न आयोजक टिम कसरत गरिरहेको कुरा जानकारी गराउदै यस कार्यक्रममा उपस्थित हुन चाहनेलाई निस्शुल्क टिकटको ब्यवस्था गरेको कुरा अध्यक्ष सुजन लम्सालले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + = thirteen