राजा महेन्द्र र बेलायती रानीको त्यो दुर्लभ दृश्य, हात्ती चढेर यसरी ढाले बाघ ( भिडियो हेर्नुस )

काठमाडौं : करीब ६० वर्षअघिको नेपाल र काठमाडौंको जनजीवन कस्तो थियो होला ? धेरैलाई कौतुहलता हुन्छ । आधा शताब्दीभन्दा अगाडिको नेपाल र यहाँको जीवनशैली धेरैका लागि रुचिकर हुनसक्छ । बेलायती महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ।

रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए । विमानस्थलबाट राजा महेन्द्र र बेलायती महारानी एउटै बग्गीमा चढेर दरबार गएको दृष्य देखिन्छ । रानी रत्न र बेलायती प्रिन्स फिलिप अर्को बग्गीमा बसे।

बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । वसन्तपुरमा मानिसहरू भेला भएका देखिन्छन् । किसानहरूले खर्पनमा तरकारी बोकेर हिँडेका छन् । एक जनाले खर्पनमा राखेर आफ्नो बच्चालाई बोकेका छन्।

त्यो बेलाका मानिसहरूले दौरा सुरुवाल लगाएर कपडाको बर्को ओडेको देखिन्छ । बेलायती रानीको स्वागतका लागि विमानस्थलमा अस्थायी स्वागतद्वार बनाइएको छ । विमानस्थलले अहिलेको स्वरूप धारण गरेको थिएन । महारानीको स्वागतका लागि काठमाडौंका सर्वसाधारण विमानस्थलमा पुगेका थिए । स्वागतका लागि उपस्थित भएका कतिपय सर्वसाधारण खाली खुट्टा देखिन्छन् भने अधिकांश पुरुष सेतो टोपी लगाएका देखिन्छन्।

एक जनाले खर्पनमा गाग्री बोकेर उपस्थितलाई करुवाबाट पानी खुवाएका थिए । अधिकांशले निधारमा टीका लगाएका छन् । बेलायती रानीको स्वागतमा पनि त्यति धेरै सुरक्षाकर्मी परिचालन गरेको देखिँदैन । हिउँदको मौसमको त्यो दिन काठमाडौंको आकाशमा धुम्म बादल लागेको देखिन्छ।

सन् १९६१ को फ्रेबुअरी २६ देखि मार्च १ सम्म भ्रमण भएको थियो । आँखीझ्यालसहितको अस्थायी स्वागतद्वारमा सल्लाको पात (सल्लीपिरल) राखेको देखिन्छ । जब बेलायती रानी चढेको विमान आयो, राजा महेन्द्र उनको स्वागतका लागि अगाडि बढेका थिए।

रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । जाडो महिना भएकाले रानी एलिजाबेथले हातमा एउटा स्वेटर राखेकी रहिछन् । रानी एलिजाबेथलाई रिसल्लासहित घोडाको बग्गीमा चढाएर नारायणहिटी दरबारतिर लगिँदै गरेको देखिन्छ।

राजारानीको सवारीका लागि उपस्थित भएका सर्वसाधारणले ताली बजाएर स्वागत गरेका छन् । विमानस्थलबाट बाहिर निस्किँदै गर्दा एलिजाबेथले सर्वसाधारण जनतालाई हात हल्लाएर अभिनन्दन गरेकी छिन्।

महारानी एलिजाबेथ चितवन राष्ट्रिय निकुञ्जमा गएर बाघको शिकार गरेको देखिन्छ । बाघको शिकारका लागि ३ सय २७ हात्तीको प्रयोग गरेको देखिन्छ । उनी हात्ती चढेर शिकारका लागि गएकी थिइन् । बेलायती रानीको चितवन भ्रमणलाई लक्षित गरेरै चितवनको मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । सो विमानस्थल अहिले भने बन्द छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र कम्मरमा पेस्तोल बोकेका राजा महेन्द्रले गोली हानेर मारिएको बाघको नजिकबाट निरीक्षण गरेको भिडियोमा देखिन्छ । त्यो बेला मा रिएको बाघ ८ फिटको थियो । राजा महाराजाहरूलाई निकुञ्जमा शिकार खेल्न छूट थियो।

रानी एलिजाबेथ पोखराको भ्रमणमा पनि गएकी थिइन्, त्यहाँ उनलाई ब्रिटिस गोर्खा सैनिकले स्वागत गरेका थिए । पोखरामा बालिकाहरूले बेलायतको झण्डा हल्लाउँदै रानीको स्वागत गरे । नाकमा बुलाकी र घाँटीमा मडरी लगाएका महिलाहरू उनको स्वागतका लागि आएका थिए। महारानीले बेलायती पूर्व सैनिकहरूले लगाएका तक्मा बडो उत्सुकतापूवर्क हेरेकी थिइन्।

रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत विमानस्थल गएका थिए। हेर्नुहोस् भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

71 − = sixty four