बंगलादेशसँग हारको बदला लिन ढाकामा कडा पसिना बगाउँदै नेपाल ( फोटो फिचर )

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुुटबलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ। पहिलो खेलमा पराजित नेपालले आजको खेल कम्तीमा २–० ले जितेमा ट्रफीको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ।

मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो।आजको खेलमा रजिन धिमाल मैदान फर्कने छन्। कोरोना संक्रमण पुष्टि भएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए। बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले मैत्रीपूर्ण खेललाई तयारीका रुपमा लिएको छ। यसैबिच बंलादेशसँग पहिलो खेलको हारको बदला लिन नेपाली टिमले कडा अभ्यास गरिरहेको छ । हेर्नुस फोटो फिचर

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four + = twenty six