तिहारकै दिनमा दाईले चलाएको स्कूटर दुर्घ’टनामा बहिनीको निधन,दाईको अवस्था गम्भिर

काठमाडौ । दाङमा तिहारको दिनमै भएको सवारी दुर्घटनामा बहिनीको निधन भएको छ भने दाई गम्भिर घाइते भ​एका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको निधन भएको हो। उनका दाईको गम्भिर अवस्थामा उपचार भइरहेको छ।

तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु।अ।अ।क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए। मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे ४ बजे निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। मनिषा दाङमा रहेको रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयकका रुपमा कार्यरत थिइन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 5 = one