राजा वीरेन्द्रको घर जनताले ‘श्री सदन’ हेर्न पाउने, सबैका लागि खुला

काठमाडौं : स्व. राजा वीरेन्द्र वीरविक्रम शाहले प्रयोग गरेको निवास श्री सदन प्रदर्शनीमा ल्याइएको छ। दरबार ह,त्या का’ण्डमा राजा वीरेन्द्रको वं’शनाश भएपछि श्री सदनमा ताला लागेको थियो। शनिबार एक कार्यक्रमका बीच पर्यटनमन्त्री योगेश भट्टराईले श्री सदन प्रदर्शनमा ल्याइएको घोषणा गरे। उनका अनुसार अब जनताले नारायणहिटी दरबार, श्रीपेचसँगै राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गरेको निवास अवलोकन गर्न पाउनेछन्।

उद्घाटनमा मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए। इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकास क्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए। देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था लगायत विषयमा बुझ्न सहयोग पुग्ने विश्वास गरे।

नेपाली इतिहासमा २४० वर्षिय शाहवंशीय इतिहासको साक्षात नमूनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए। नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्रीसदन खुला गर्ने योजना रहे पनि कोभिडका कारण सम्भव नभएको बताए। अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए।

५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको पनि उनले बताए। अझै मनाङ, मुस्ताङ, जाजरकोटजस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने उनले बताए। श्री सदनमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रयोग गरेका सामग्रीहरू छन्। नारायणहिटी संग्रहालयबाट महेन्द्र मञ्जिल हुँदै श्री सदन पुगिन्छ।

नेपालको राजसंस्थासँग जोडिएका अन्य ऐतिहासिक पुरातात्विक वस्तु यहाँ छन्।यो नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्छ। लामो समयसम्म सर्वसाधारणका लागि खुला गरिएको थिएन। यसअघि नै शाहवंशीय राजाहरूले पहिरिने श्रीपेच प्रदर्शनमा ल्याइएको थियो । श्री सदनभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× three = twelve