नारायणगढमा रहेका पूर्वयुवराज पारस शाहको छा’तीमा स’मस्या

चितवन : चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा स’मस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ । सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढ स्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए।

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ। डा.रेग्मीका अनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन्। अहिले इसिजी र र’गत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए। यसअघि शाहलाई तीन पटकसम्म ह’र्ट अ’ट्याक भएको थियो।

इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए। ‘अस्पतालले उहाँको उपचारको सम्पूर्ण तयारी गरेको छ,’ देवकोटाले सेतोपाटीसँग भने, ‘उहाँले केही समय होटल मै आराम गरेर हेरौं भन्नुभएको छ।’ शाहमा मु’टु सम्बन्धी पुरानो समस्या भएका कारण त्यही समस्या दोहोरियो कि भनेर सतर्कता अपनाइएको डा.रेग्मीले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighteen = 25