मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले दिए यस्तो शुभकामना

काठमाडौं, १ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्विटमा मोदीलाई मेन्सन गर्दै लेख्नुभएकाे छ- ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, तपाइँकाे जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यानो अभिवादन ! म तपाइँको सु-स्वास्थ्य र खुसीका लागि शुभकामना व्यक्त गर्दछु ।’ उहाँकाे ट्विट अंग्रजी भाषामा लेखिएकाे छ ।

उहाँले भारतीय समकक्षी मोदीसँग मिलेर काम गर्ने समेत उल्लेख गर्नुभएकाे छ । यसअघि भारतसँगकाे सीमा विवाद र नक्सायुद्धले उग्र रूप लिएपछि नेपाल-भारतबीच सम्बन्ध चिसिएकाे अनुमान गरिएकाे थियाे । पछिल्लाे समय दुवै देशका तर्फबाट कूटनीतिक पहल र संवाद हुन थालेकाे छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two ÷ = thirty one