‘राजा आउ देश बचाउ’ भन्दै काठमाडौंमा उर्लियो जनसागर ( हेर्नुस फोटो फिचर )

काठमाडौं : देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले काठमाडौंमा प्रर्दशन गरेका छन् । उपत्यकाका बिभिन्न स्थानबाट काठमाडौंको माइतिघरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । राजावादीहरुले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरुको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुद्ध चर्को नाराबाजी गरेका थिए । राजतन्त्र पुनस्थापना माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले प्रमुख शहरहरु विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका शहरमा शक्ति प्रदर्शन गरिसकेका छन् ।

यसअघि ६ कात्तिकमा पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुको भूमिकामाथि गम्भीर प्रश्न उठाएर लिखित सन्देश दिएका थिए । त्यसलाई राजावादीलाई सक्रिय हुन गरिएको आव्हानकको रुपमा बुझिएको थियो । त्यसयता देशका मुख्य शहरहरुमा प्रदर्शन निरन्तर हुन थालेको छ । तस्बिर : न्युज २४ बाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = two