यी हुन् १२ आईपीएलको संस्करणसम्म बनेका गजबका रेकर्डहरु, कोहली सबैभन्दा फ्लप कप्तान

नयाँदिल्ली, (एजेन्सी) कोरोना भाइरसका दौरान इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको १३औं संस्करण यसै साता शुरू हुँदै छ। कोरोना भाइरसका कारण यसपटक प्रतियोगिता भारतमा आयोजना नभई यूएईमा हुने भएको हो। यही शनिबार १९ सेप्टेम्बरदेखि शुरू हुने प्रतियोगिताको फाइनल खेल १० नोभेम्बरमा हुनेछ।

प्रतियोगितामा सहभागी ८ टोलीबीच ५३ दिनमा ६० खेल आयोजना हुनेछन्। प्रतियोगिता कसले जित्ने त्यो फाइनल खेलपछि मात्रै थाहा हुनेछ। तर, हालसम्म प्रतियोगितामा सबैभन्दा बढी ४ पटक मुम्बई इन्डियन्सले उपाधि उचालेको छ। मुम्बई इन्डियन्सले २०१३, २०१५, २०१७, २०१९ गरी एक संस्करण ग्याप गरेर उपाधि हात पार्दै आएको छ।

प्रतियोगितामा चेन्नई सुपर किंग्सले २०१०, २०११ र २०१८ मा गरी तीनपटक उपाधि हासिल गरेको छ। चेन्नई सुपर किंग्स लगातार दुई संस्करण उपाधि हासिल गर्ने पहिलो र एक्लो टोलीसमेत हो। टोली फाइनल खेल्ने मामिलामा सबैभन्दा अघि छ। टोलीले १२ सिजनमा ८ सिजन फाइनल खेल्न पाएको छ।

यस्तै, मुम्बई इन्डियन्सले ५ पटक फाइनल खेलेको छ। अन्य टोलीमा कोलकाता नाइट राइडर्सले दुई फाइनल खेल्दा दुवैपटक उपाधि जितेको थियो। तर, रोयल च्यालेन्जर्स बैंगलोरले तीनपटक फाइनल खेले पनि उपाधि भने हासिल गर्न सकेको छैन। राजस्थान रोयल्स र डेक्कन चार्जर्सले एक÷एकपटक फाइनलमा पुगेर उपाधि पनि जितेका छन्।

प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानमा विराट कोहली अग्रपंक्तिमा छन्। कोहलीले १ सय ७७ खेल खेल्दा ५ हजार ४ सय १२ रन बटुलेका छन्। दोस्रो स्थानमा सुरेश रैना रहेका छन्। उनले १ सय ९३ खेलबाट ५ हजार ३ सय ६८ रन बनाएका छन्।

तेस्रो स्थानमा रहेका रोहित शर्माले ४ हजार ८ सय ९८ रन जोडेका छन्। उनले यस सिजनमा ५ हजार रन पार गर्ने पक्का छ। त्यस्तै, डेभिड वार्नरले ४ हजार ७ सय ६ रन र शिखर धवनले ४ हजार ५ सय ७९ रन बनाएका छन्।

प्रतियोगितामा सबैभन्दा विकेट लिने खेलाडीमा लासिथ मालिंगा अघि छन्। मुम्बई इन्डियन्सबाट प्रतिनिधित्व गर्ने उनले १ सय २२ खेल खेलेर १ सय ७० विकेट लिएका छन्। दोस्रो नम्बरमा १ सय ५७ विकेट लिएका अमित मिश्र छन् । तेस्रो स्थानमा पीयूष चावला (१ सय ५० विकेट), चौथो स्थानमा हरभजन सिंह (१ सय ५० विकेट) र पाँचौं स्थानमा ड्वायने ब्राभो (१ सय ४७ विकेट) रहेका छन्।

प्रतियोगितामा छक्का प्रहार गर्ने मामिलामा क्रिस गेलले सबैलाई पछि पारेका छन्। गेलले १ सय २५ खेल खेलेर कुल ३ सय २६ संख्यामा छक्का प्रहार गरेका छन्। उनीपछि एबी डिभिलियर्स (२ सय १२ छक्का) दोस्रो स्थानमा छन् ।

डिभिलियर्सभन्दा गेलले झन्डै १ सय १४ छक्का बढी प्रहार गरेका छन्। तेस्रो स्थानका महेन्द्र ंिसंह धोनीले २ सय ९ छक्का प्रहार गर्दा चौथो स्थानका रोहित शर्माले १ सय ९४ छक्का हिर्काएका छन्। पाँचौं स्थानमा रहेका सुरेश रैनाको छक्का संख्या पनि १ सय ९४ नै रहेको छ। यसपटक सुरेश नखेल्ने भएपछि रोहितले उनलाई पछि पार्ने पनि निश्चित छ।

यसैगरी, प्रतियोगितामा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा पनि गेल नै अघि छन्। गेलले १ सय २५ खेलमा ६ शतक प्रहार गरेका छन्। अन्यमा विराट कोहलीले ५ शतक प्रहार गरेका छन्। तर, उनले १ सय ७७ खेल खेलेका छन्।

त्यस्तै, डेभिड वार्नर र सेन वाटसनले ४÷४ शतक लगाएका छन् भने एबी डिभिलियर्सले ३ शतक प्रहार गरेका छन्। कोहली लयमा भएको हुँदा उनले यसपटक गेललाई शतक प्रहार गर्ने मामिलामा पछि पार्ने सम्भावना बलियो रहेको छ।

प्रतियोगितामा सहभागी टोलीमध्ये ब्रान्ड भ्यालु सबैभन्दा बढी मुम्बई इन्डियन्सको रहेको छ। टोलीको ब्रान्ड भ्यालु ८ सय ९ करोड भारतीय रुपियाँ रहेको छ। अन्यमा चेन्नई सुपर किंग्सको ब्रान्ड भ्यालु ७ सय ८२ करोड रुपियाँ रहेको छ।

त्यस्तै, कोलकाता नाइट राइडर्सको ६ सय २९, रोयल च्यालेन्जर्स बैंगलोरको ५ सय ९५, सनराइज हैदराबादको ४ सय ८३, दिल्ली क्यापिटल्सको ३ सय ७४, किंग्स इलेभेन पन्जाबको ३ सय ५८ र राजस्थान रोयल्सको २ सय ७१ करोड भारु ब्रान्ड भ्यालु रहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty five ÷ seven =