भारतका सुपर स्टार रजनीकान्तले नयाँ पार्टी खोल्ने

काठमाडौं । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिनु भएको हो ।

उहाँले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताउनु भएको छ । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उहाँले पार्टी खोल्ने र निर्वाचनमा जाने बताउनु भएको हो ।

पार्टीले जनवरीदेखि दर्ता भएर काम गर्न थाल्ने छ। सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उहाँले धेरैसँग परामर्श गर्नु भएको थियो ।

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गर्नुभयो । तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty five − = 19