खाना नमिठो भएको भन्दै भएको भन्दै विवाहमा झगडा, दुलही नलिएरै फर्के जन्ती

एजेन्सी : छिमेकी देश भारतमा दिनहुँ अनेक खालका घटना भइरहेका हुन्छन् । दुई दिनअघि मात्रै यस्तै अचम्मित पार्ने खालको घटना भएको छ । खानाको विषयमा विवाद हुँदा दुलही नै नदिएर जन्ती घर फर्किएको घटना अहिले सामाजिक सञ्जालदेखि भारतीय सञ्चारमाध्यममा भाइरल भइरहेको छ ।

युपीको अलिगढमा विवाहमा खराब खानाको विषयलाई लिएर दुलाह र दुलहीको भाइबीचमा घमासान झगडा भएको छ । उक्त घटना प्रहरीसम्म पुगेको छ । लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुवै पक्ष तयार भएनन् । अन्ततः बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैयाँ तिरेर जन्ती फिर्ता लिए । उक्त क्षेत्रमा यो घटना निकै चर्चामा रह्यो ।

यो घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको हो । बुधबार स्थानीय युवतीसँग बिहेका लागि जन्ती भएका थिए । बहुला पक्षले खुर्जा देहात भन्ने स्थानबाट जन्ती लिएका आएका थिए ।

जन्तीको स्वागतपछि मध्यरात भोजन चलिरहेको थियो । त्यसैबेला दुलाहका भाईले खानामा कमी भएको बताए । यो कुरा दुलहीका भाईलाई चित्त बुझेन । पहिले बेहुला र बेहुलीको भाईबीच बहस चल्यो, त्यसपछि दुवै पक्ष हात हालाहालको स्थितिमा उत्रिएका थिए ।

सूचना पाएपछि प्रहरी पुगेर दुवै पक्षलाई थानामा लगेको थियो । त्यसपछि अधिकांश जन्ती खाना नखाएर घर फर्किए । प्रहरी चौकमा दुलही पक्ष, स्थानीय र जन्तीबीच आपसी सल्लाहमा दुलहीलाई छिटो बिदाइ गर्ने प्रयास गरे ।

तर, दुवै पक्षले कुनै पनि विषयमा सहमति गर्न सकेनन् । विवाद बढेपछि दुलाहपक्षले दुलही पक्षलाई खानाको एक लाख १२ हजार रुपैयाँ तिरेका थिए । त्यसपछि दुलहीबिना नै जन्ती घर फर्किएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = six