कुलमान घिसिङको बारेमा निर्णय गर्न प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक ११ बजे बस्नेगरी डाकिएको स्रोतले बतायो । आज बस्ने मन्त्रिपरिषद बैठकले कुलमान घिसिङको बारेमा निर्णय गर्न सक्ने समेत बताइएको छ । चौतर्फी विरोध भएपछी विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव उर्जामन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ ।

यसको अलावा बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ । गत वर्ष सरकारले संविधान दिवस(असोज ३)का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × = forty eight