जसले पाथिभारा माताको दर्शन गर्दै आजको राशिफल पढ्छ उसलाई सधै फलिफाप हुन्छ ! पौष ०२ गते । बिहीबार

ज्योतिषि डिपि भण्डारी : विसं. २०७७ साल पौष ०२ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–तृतीया, २७ घडी ४९ पला, बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त चतुर्थी । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट ।

मेष : नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिने छ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट ला’भ पाउने छन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेको छ । प्रे’मका कोपिलाहरु फक्रियर जानेछन् ।

वृष : साथीभाइ तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायमा घा’टा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरीको धा’र्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । ध’र्म कर्ममा मन जानेछ ।

मिथुन : व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । पुराना तथा थाती रहेका कामहरु सुचारु हुने छन् भने नयाँ काम गरी मनग्गे ध’न संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङ्शा पत्र जित्न सकिन्छ । माया प्रे’ममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

कर्कट : साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन स’म्बन्धि व्यावसायमा सामान्य चहलपल हुने छ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्र’शन्न रहनेछ । माया प्रेम तथा पति पत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

सिंह : व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या : शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्ने छ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रे’ममा अविस्वास बढ्ने तथा पति पत्नीबीच एक अर्कालाई शं’काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला, पेट स’म्बन्धि स’मस्या नआउला भन्न सकिन्न ।

तुला : कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिने छ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिने छ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

बृश्चिक : पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिने छ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिने छ । व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अ’दालती निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

धनु : पढाइ लेखाइमा खासै ध्यान नजाँदा विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । कुटुम्बसँग मन मु’टाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनु होला, आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा स’मस्या आउनेछ । माया प्रे’ममा अविश्वास बढ्नेछ भने पति प’त्नी बीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ ।

मकर : शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृढ हुनेछ । माया प्रे’ममा सामिप्यता बढेर जानेछ भने वि’लाशी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर तान्न सकिनेछ ।

कुम्भ : विदेशी सामानको व्यापार व्यावसायबाट भने जस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको विदेश यात्रा हुने योग रहेको छ। पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढि मिहिनेत गर्दा पु’रस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ ।

मीन : तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्ने फाइदा हुने छ । पढाई लेखाइमा सुधार गर्दै लान सकिने छ तथा वित्ति क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 2 =