कुवेतस्थित नेपाली दूतावासमा २८ वर्षकै कलिलो उमेरकी विपना ज्ञवालीको मृत्यु

काठमाडौं : कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी विपना ज्ञवालीको नि’धन भएको छ । ज्ञवालीको २८ वर्षकै कलिलो उमेरमा निध’न भएको हो । ब्लड क्यान्सर पीडित ज्ञवालीको उपचारका क्रममा निध’न भएको बताइएको छ ।पीडित ज्ञवालीको स्वास्थ्य जटिल भन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा को’रोना परीक्षण गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको दुखद निध’न भएको हो ।दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत ज्ञवालीको निध’न प्रति दूतावासले दुख व्यकत गरेको छ ।

दुतावासले विज्ञप्ति निकाल्दै एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीको परीवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।राजदूतावासले ज्ञवाली प्रति श्रद्धा’ञ्जलि अर्पण गर्दै मृ’त आत्माको चिर शान्तिको कामनासमेत गरेको छ । उनी तीन महिनाअघि मात्र श्रम सहचारीको रुपमा कुवेत पुगेकी थिइन् । उनको श’ व आइतबार नै जजिरा एयरलाइन्समार्फत नेपाल ल्याइएको दूतावासले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

21 ÷ three =