भारतिय बलरसामु अष्ट्रेलिया निरिह, यसरी ढल्यो १० विकेट ( भिडियो हेर्नुस )

काठमाडौं। जसप्रित बुमराहले चार तथा रविचन्द्रन आश्विनले तीन विकेट लिएपछि भारतविरुद्धको दोस्रो टेष्टमा अस्ट्रेलियाको ब्याटिङ लाइनअप धरासायी बनेको छ। अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाउँदा सबै विकेट गुमायो। तीव्र गतिका बलर बुमराहले ५६ रन दिएर चार विकेट लिए भने आश्विनले ३५ रन दिएर तीन विकेट लिए। त्यसबाहेक टेष्टमा डेब्यू गरेका मोहम्मद सिराजले दुई विकेट लिँदा रविन्द्र जडेजाको नाममा एक विकेट रह्यो।

मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाका कप्तान टीम पाइनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर पाइनको निर्णय सही सावित हुन सकेन। अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले भारतीय बलरसामू खुलेर खेल्न सकेनन्। अस्ट्रेलियाका लागि सबभन्दा धेरै मार्नुस लाबुसेनले ४८ रन बनाए। ट्रभिस हडेले ३८ रन जोड्दा म्याथ्यु वेटले ३० रन बनाए। नाथन लियोनले २० रन बनाउँदा कप्तान पाइनले १३ रन बनाए। क्यामरुन ग्रिनले १२ रन बनाए।

पहिलो टेष्टमा लज्जास्पद हार बेहोरेपछि भारतले टीममा व्यापक परिवर्तन गरेको थियो। नियमित कप्तान विराट कोहली पारिवारिक कारणले गर्दा भारत फर्किसकेको छन्। उनको अनुपस्थितिमा उपकप्तान अजिन्क्या रहाने कप्तानी सम्हालेका छन्। चेतेश्वर पुजरा उप कप्तान बनेका छन्। मोहम्मद सिराज र शुबमान गिललाई टेष्टमा डेब्यू गराएको छ। ऋदिमन शाहको स्थान रिसब पन्तले लिएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight ÷ 24 =