प्रचण्डकी बुहारीले भनिन् : ‘केपी शर्मा ओलीले ‘कपिल शर्मा शो’ लाई फ्लप गरे’

कञ्चनपुर । नेपाल सरकारका पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कपिल शर्मा शो’लाई फ्लप गरेको बताउनु भएको छ । बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर देशलाई दलदल धकेलेको आरोप लगाउदै उहाँले उखान टुक्काको भरमा देश नचल्ने बताउनुभयो ।

देशको अभिभावक जस्तो व्यक्तिले भारतको चर्चित कमेडी टेलिभिजन शो ‘कपिल शर्मा शो’ लाई फ्लप गरेझै गरी हरेक कुरामा कमेडी गर्न नहुने मन्त्री मगरको कथन छ । प्रधानमन्त्री ओलीले संविधानलाई कुगरेर समस्या निम्त्याएको समेत बताउनुभयो ।फरक प्रसंगमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र केन्द्रीय सदस्यको नाममा भर्ती केन्द्र बनाएको आरोप लगाउदै गुट र झुटको खेती गरेर प्रधानमन्त्री ओलीले लज्जास्पद र हास्यास्पद कार्य गरिरहेको जिकिर गर्नुभयो । हास्यव्यङ्ग्य तर्क दिदै सोसल मिडियामा भाइरल भइरहेका प्रधानमन्त्री ओलीले ‘कपिल शर्मा शो’ लाई समेत यतिबेला फ्लप गरिसकेको उहाँको ठहर छ ।

प्रधानमन्त्रीले संविधानमाथि कु।गरेर जहानिया राणा शासन लाद्न खोज्नु र तानाशाही प्रवृत्तिले देश हाक्न खोज्नु अलोकतान्त्रिक पद्धति भएको बताउँदै यस्ता घृणित कार्य नगर्न मन्त्री मगरले चेतावनी समेत दिनुभयो । आफू घरमा नबस्ने र घर कुरिरहेका घरमुलिलाई आधिकारिक त्यो होइन म नै हो भन्ने जस्ता कुतर्क गर्न नहुने र विधि पद्धतिमा बहुमतको कदर गरिनु पर्नेमा मन्त्री मगरको जोड छ ।

देशलाई दुर्घटना बाट बचाउनु पर्ने गम्भीर परिस्थितिमा पनि विभिन्न सामाजिक सञ्जालमा आलोचनात्मक र हास्य बिचार पोख्नु निन्दनीय कार्य भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले संविधानलाई कुगरेकाले आम नागरिकलाई अब अन्योलमा नपरी सजग र सचेत रहन समेत आग्रह गर्नुभयो ।

साथै उहाँले नेपाली जनताको त्याग तपस्या संघर्ष र बलिदान बाट प्राप्त संघीयता खारेजीको कुरामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीको पटकपटकको अतिरञ्जित गतिविधिले देश दुर्घटना तर्फ धकेलिन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा बेलौरी नगरकमिटीका नेता कार्यकर्ता एवम् सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

95 ÷ ninety five =