युरिक एसिडले पीडित हुनुहुन्छ ? उसोभए बिर्सिएर पनि नगर्नुहोस् यी काम

काठमाडौँ । आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन्। दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ।

–सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा युरिक एसिड थुप्रिएर बस्छ र रगतमा प्रसार हुन्छ।

–मासुजन्य खाद्यपदार्थमा प्युरिन हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्छ।

कलेजो, किड्नी, मुटु आदिको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी एवं हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन्।

–मिर्गौलाको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्छ । त्यसैले दिनहुँ कम्तीमा १० गिलास पानी पिउनुपर्छ।

–क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ। केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि नियमित रूपमा सेवन गर्नुपर्छ।

–अल्कोहल, कोक, फेन्टा, स्प्राइट, पेप्सी, मिरिन्डाजस्ता सफ्ट ड्रिंकको सेवन घटाउनुपर्छ।

–तारेको खानेकुरा कम खानुपर्छ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ। रेनसिडको उपभोगले शरीरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ।

–शारीरिक व्यायाम नियमित गर्नुपर्छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ sixteen =