बधाई ! ‘जंगल वारफेर तालिम’ गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौँ– नेपाली सेनाले सञ्चालन गर्ने कठिन तालिममध्येको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा पहिलोपल्ट एक जना महिला सैनिकले सफलता पूर्वक सम्पन्न गरेकी छिन । बाराको अमलेखगन्जमा रहेको प्रतिवि;द्रो;ह तथा जं;गल वारफेयर शिक्षालयमा कात्तिक १८ गतेदेखि सञ्चालित उक्त तालिममा सहभागी राधिका खड्काले पहिलोपटक सहभागी भई सफलतापूर्वक उक्त तालिम पूरा गरेको सैनिक मुख्यालयले जनाएको छ

नेपाली सेनाले यसअघि उक्त तालिममा पुरुष सैनिकलाई मात्रै सहभागी गराउँदै आएकोमा यसपटक महिला सैनिकलाई सहभागी गराएको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ की राधिका २०६९ असार १५ गते नेपाली सेनामा भर्ती भएकी
थिइन ।

सैनिक तालिमपछि २०७० जेठ २४ गतेबाट उक्त शिक्षालयमा कार्यरत रहेकी उनी सोही शिक्षालयमा सञ्चालन भएको तालिममा सहभागी भएर तालिम पूरा गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता माग गर्ने सिसं १०३ प्रतिविद्रोह तथा जंगल
युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको पनि उनले
बताए ।

तीन महिना अवधि चल्ने अत्यन्तै कठिन मानिएको सो तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने तथा सर्पदंश
व्यवस्थापनलगायत विभिन्न सैनिक ज्ञान र सीपहरु सिकाउने गरिन्छ । निजले बिल्लादार ग्रेड–३ तथा लाइटमोटर ड्राइभिङ एन्ड मेन्टिनेन्स तालिमसमेत सफलताका साथ सम्पन्न गरेकी छिन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = 1