भारतले आज मनाउँदै ७२ औँ गणतन्त्र दिवस

काठमाडौँ– भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ ठाउँमा छेकबार लगाइएको छ।

किसानहरुको ट्रयाक्टर ¥यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर ¥यालीको आयोजना गर्दैछन्।समाचार एजेन्सी पिटिआईका अनुसार किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन्। उक्त दिन भारतको संसदमा बजेट पेश हुने छ।

कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर ¥याली निकाल्न सक्ने प्रहरीले जनाएको छ।दिल्लीको सीमामा दुई महिनादेखि भइरहेको किसान आन्दोलनको समर्थनमा मुम्बईको आजाद मैदानमा हजारौँको संख्यामा किसानहरु भेला भएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = 2