बिहेको अन्तिम तयारीमा गायिका अञ्जु पन्त !

काठमाडौं : लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ ।

गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ । यद्यपि गायिका पन्तले आफ्नो विवाहका बारेमा भने अहिलेसम्म केही पनि बताएकी छैनन् । स्रोतका अनुसार अञ्जुले भव्य रुपमै विवाह गर्दैछन् । हुन त उनीहरूको विवाहको मिति भने घोषणा गरिएको छैन ।

भनिन्छ, विवाहका लागि अञ्जु र थीरको अहिले चर्चित बुटिकमा लुगा तयार भइरहेको छ । गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । सिंगल भएपछि विवाहको प्रश्नले घेरिरहेकी गायिका पन्तले अब त्यसको सामना गर्नुपर्ने छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ nineteen = twenty three