ला लिगा : मेसी र ग्रिजमनको गोलमा बार्सिलोना विजयी, मेसीको ६५०औं गोल

एजेन्सी। बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एक–एक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको २० औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी आल्बाले आत्मघाती गोल गर्दा बिल्बाओले खेल १–१ गोलको बराबरी गर्ने अवसर पायो । ७४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए ।

जितसँगै बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ । एक खेल कम खेलेको एट्लेटिको ५० अंकसहित शिर्ष स्थानमा छ । पराजित बिल्बाओ २४ अक जोडेर तालिकाको ११ औं स्थानमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty six = 90