आयो यस्तो खबर:आमहड्ताल गर्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आमहड्ताल गर्ने तयारी गरिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको उक्त समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो ।
प्रचण्ड–नेपाल समूहले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve − = eight